डोटीमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
मेरोन्यूज
२०८० कार्तिक १६ गते ७:३०

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ ८ बजेतिर दुर्घटनामा परेको हो ।
२४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन्।
दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ भने बाँकीको स्थानीय स्वाथ्य संस्थामा उपचार भइरहेको छ।
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया