टी-२० विश्वकप छनोट
ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
मेरोन्यूज
२०८० कार्तिक १६ गते ८:३४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाल र ओमान पहिलो दुई खेल जितेर समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । नेपाल र ओमानबीचको खेल जित्ने टोली समूह विजेताको रूपमा सेमिफाइनल खेल्ने छ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ-११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा छन् ।
गत वर्ष फेब्रुअरीमा ओमान मस्कटमै भएको टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाल र ओमान सेमिफाइनलमा पराजित भएर विश्वकपमा पुग्न असफल भएका थिए ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया