मंगलबार, माघ २७, २०८२

सशस्त्र प्रहरीद्वारा सुनसरीमा ४ लाख बढीको भन्सार छलीको सामान बरामद

मेरोन्यूज २०८० कार्तिक २० गते ११:३७

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीमा भन्सार छली ल्याइएका चार लाख बढीको सामान बरामद गरेको छ ।

प्रहरीले आइतबार सीमा इलाकाबाट भन्सार छली नेपाल भित्र्याइएका चार लाख २४ हजार १९ रुपैँया बराबरको समान बरामद गरेको हो ।

जिल्लाका विभिन्न बोडरबाट खटिएका सशस्त्र प्रहरी बलका टोलिले भारतिय बजारबाट लुकाइछिपाइ ल्याइएका उक्त रकम बराबरका लत्ता कपडा, किराना सामान, माछा र सूर्ती बरामद गरेका हुन् ।

बरामद भएका सामानहरु आवश्यक कारबाहीका लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया