बिहीबार, मंसिर १८, २०८२

पहाडी भूभागमा हल्का वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

मेरोन्यूज २०८० कार्तिक २१ गते ६:१७

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। तर पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बुधबार पनि एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया