६ सय केजी मण्डी, त्रिपाल लगायतका सामाग्री बोकेर भूकम्प प्रभावित भेट्न सेनाको जाहाजमा उडे राष्ट्रपति
प्रधानसेनापति सहित २६ सदस्यीय टोली पनि राष्ट्रपतिसँगै प्रभावित क्षेत्रमा
मेरोन्यूज
२०८० कार्तिक २१ गते ११:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्लाको अवलोकनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भोलि देखि हुन लागेको यूरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज बिहान भूकम्प प्रभावित जिल्लाको अवलोकन र राहत तथा पूर्नस्थापनाको सहयोगका लागि जाजरकोट प्रस्थान गरेका हुन् ।
उनी बिहान १० बजे नेपाली सेनाको एन ए ०६२ ऋब्क्ब् जाहाजमार्फत काठमाडौंबाट सुर्खेत हुँदै प्रभावित जिल्लाका लागि प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेलसँगै नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा,, जर्नेलहरु मदन केसी, अच्युत्तम भण्डारी, बालमुकुन्द विष्ट सहितका २६ सदस्यीय टोली राहात सामाग्री सहित त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आफुसँगै ६० सय केजी (म्याक्टेस, मण्डी र त्रिपाल लगायतका) सामाग्री सहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया