कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक २२ गते बुधबार । कार्तिक कृष्ण दशमी । पञ्चाङ्ग : एन्द्र विष्टिरभद्रा पूर्व , विश्व रेडियोग्राफी दिवस। नाेभेम्वर ८ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : परिवारबाट थप प्रसन्नता पाइनेछ । बौद्धिकतामा निखार आउने दिन हो । पढाइमा लगाव बढाए सोचेजस्तै नतिजा पाउन सकिने छ । साथीभाइबाट फाइदा लिने समय छ ।
बृष : मन अशान्त रहनेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । नसोचेको धन प्राप्त हुने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ ।
मिथुन : दैनिक आम्दानी बढ्नेछ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कर्कट : ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहने छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह : आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।
कन्या : व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ । आज ठुलो लेनदेनको काम गर्नु ठीक हुँदैन ।
तुला : सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ ।
बृश्चिक : आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
धनु : लक्ष्य पूरा गर्न थप मिहिनेत गर्नुपर्ने छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने परिस्थिति पनि बन्नसक्छ ।
मकर : अचानक धनलाभ हुने सम्भावना छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला । स्वास्थ्यमा केहि समस्या देखिनेछ ।
कुम्भ : मन फुरुङ्ग हुने दिन छ । आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।
मीन : कामको बोझ बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ।
















प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
Trump says another “armada” sailing towards Iran
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया