प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित

सिरहा । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौबुँदे माग राखेर जिल्लाका शिक्षक सङ्घ सङ्गठनले गरेको आन्दोलनको कारण यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए । प्रधानाध्यापक साहको शङ्कास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक सङ्गठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप आज जिल्लाभर पठनपाठन ठप्प पारेका छन् ।
त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
















राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया