२२ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।
विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका ठेक्का सम्झौताअनुसार काम नगर्ने २२ कम्पनीलाई कार्यालयले सात दिने स्पष्टीकरण सोधेको हाे ।
‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ”, खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
सूचना प्रकाशित भएको सात दिन भित्र लिखित स्पष्टीकरण पेस नगरे ती कम्पनीलाई कालोसूचीमा राखिने पनि कार्यालयले जनाएको छ ।

















Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया