शनिबार, माघ २४, २०८२

एमालेले ‘झुलाघाट चिवाभञ्ज्याङ,सम्मृद्दिका लागि संकल्प यात्रा’ गर्ने

मेरोन्यूज २०८० कार्तिक २२ गते १६:१७

काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको एमाले सचिवालयलको बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्ने भएका छन् ।

नेता ज्ञवालीका अनुसार अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरिएको छ ।

अभियानमा जिल्ला, प्रदेश र केन्द्रको टोलीले जनतासँग संवाद गर्दै उनीहरुका कुरा समेत सुन्ने भएको छे । अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै सम्मृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया