शनिबार, माघ २४, २०८२

एमालेले जेठ मसान्तसम्म सार्‍यो जिल्ला अधिवेशन गर्ने मिति

१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

मेरोन्यूज २०८० कार्तिक २२ गते १६:५५

काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्ने तय भएको जिल्ला अधिवेशनको मिति जेठ मसान्तसम्मका लागि सारेको हो ।

अब जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिसक्ने एमालेले निर्णय गरेको छ ।

त्यस्तै बैठकले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको हो ।

अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए । अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।

प्रतिक्रिया