शनिबार, माघ २४, २०८२

नेपालले पोर्चुगलमा दूतावास खोल्ने, राजदूतको नाम सिफारिस

मेरोन्यूज २०८० कार्तिक २३ गते १३:५१

काठमाडौं । नेपालले पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने भएको छ । यूरोपको पोर्चुगलमा नेपालीहरु रोजगारीका लागि धेरै पुगेको र त्यस आधारमा राजदूतावास खोल्ने निर्णय सरकारले लिएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ।

आज बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।

दूतावास खोल्ने निर्णय मात्र होइन, सरकारले त्यहाँका लागि राजदूताको नाम समेत सिफारिस गरेको छ । राजदूतका रुपमा सुनिल नेपाललाई पठाउने गरी सरकारले सिफारिस गरेको हो । सिफारिस भएका नेपालको अब संसदीय सुनुवाई प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया