मुगुमा परिवारका चार जनाको सामुहिक हत्या आरोपमा शाही पक्राउ

काठमाडौँ । मुगुमा परिवारका चार जनाको सामुहिक हत्या आरोपमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या आरोपमा शाहीलाई पक्राउ गरेको हो । घटनामा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको आशंकमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतले गोरखबहादुर मृतकका नातेदार पर्ने जानकारी दियो । र्छन्।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।
कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका थिए।
घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन्।
सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो। सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो।
अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए। जाजरकोटमा भूकम्प गएपछि उनी फर्किएका थिए।
त्यहाँ जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो।
पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया