स्वास्थमन्त्रीद्वारा नगर अस्पताल शिलान्यास

काठमाडौँ । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन् ।
नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उनले जोड दिए ।
मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्यकर्मचारीको अभाव अन्त्य गरिने बताए ।
नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताए । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको बताए
नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गरे । उनले उपलब्ध बजेट २३ करोड भएको भए पनि २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताए
मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थचौकी भवन उद्घाटनसमेत गरेका थिए ।
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया