१० महिने छोरीलाई अफिसर बनाउने सशस्त्र जवान जुगारुको चाहना शेरबहादुरको निशानामा बिलायो

दाङ । दाङको घोराही उपमहानगरपालिका ७ हनरियाका २८ वर्षीय जुगारू चौधरी सशस्त्र प्रहरीमा जवान पदमा कार्यरत थिए । परिवारका माइला छोरा भए पनि जेठा दाजुको मृत्यु भइसकेका कारण जुगारूलाई घर गृहस्थी सम्हाल्ने भार थियो ।
त्यसैले उनी कक्षा १२ सम्म पढेर सशस्त्र प्रहरीमा भर्ना भए । आमा बुबा घरमा वृद्ध भएकाले दाङको घोराही उपमहानगरपालिका ५ धर्नाकी २० वर्षीया अस्मिता चौधरीले विवाह गरे । तर, विवाह गरेको दोस्रो वर्ष नपुग्दै जुगारुको जंगलमा मालुको पात टिप्न गएको बेला शिकारीको गोली प्रहारबाट मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलीहवा कपिलवस्तुमा कार्यरत जुगारुको घोराही ५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीले भरुवा बन्दुले हानेको गोली लागेर मृत्यु भएको हो ।
८ कक्षा पढ्दा पढ्दापढ्दै गरिबीका कारण पढाइ छाडेर जुगारुसँग विवाह गरेकी अस्मिताले
१० महिनाअघि छोरी जन्माइन्। छोरीको नाम मञ्जिता राखिदिएका थिए ।
केही दिनअघिमात्रै श्रीमान जुगारू घर बिदामा आएका बेला अस्मिता तिहारका लागि माइती गएकी थिइन्। जुगारू पनि कात्तिक २१ गते श्रीमतीलाई भेट्न माइती घर गए । चौधरी तिहार मनाउन भन्दै मंसिर १ गते कार्यालयमा हाजिर हुने सर्तमा बिदामा आएका थिए।
ससुरालीबाट कात्तिक २१ गते पैदल हिँडेर घर फर्किए। तिहारका लागि घरमा आवश्यक बन्दोबस्तीका लागि उनी घर फर्किएका उनी थारू समुदायमा मालुको पातबाट दुना टपरी बनाउने र आफन्त कहाँ पाहुर लैजाने प्रचलन अनुरुप आवश्यक मालुको पात घरमा नभएकाले त्यसको खोजीमा बबई नदी पारीको घोराही ५ स्थित जनसेवा सामुदायिक वन गएका थिए।
बनमा गएका बेला जुगारु साढे ४ बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
जुगारूको छातीमा बन्दुकको गोलीका घाउहरू थिए। जसबाट उनको हत्या भएको भन्ने निष्कर्शमा प्रहरी पुगेको थियो।
अनुसन्धान गर्नेक्रममा कात्तिक २४ गते मध्यराति प्रहरीले पक्राउ गरेका शेरबहादुरले भरूवा बन्दुकको निशाना लगाई गोली चलाएको स्वीकारेका छन् । उनले बाँदर ठानेर गोली चलाएको भनेर बयान दिएको प्रहरीले जनाएको छ ।
बिदामा फर्किएको दिनमात्रै जुगारूले आफ्नी छोरी मञ्जितालाई धेरै पढाएर अफिसर बनाउने बताएका थिए । तर छोरीलाई पढाउन र अफिसर बनाउन नपाउँदै जुगारू आफै संसारबाट बिदा भए ।
















आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया