मंगलबार, माघ २७, २०८२

मोरङ उर्लाबारीमा आगलागीमा परेका १० घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

मेरोन्यूज २०८० कार्तिक २८ गते १३:०८

विराटनगर । मोरङ, उर्लाबारीस्थित सुन पसलमा आगलागीमा परी घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत् बुधबार काठमाडौं ल्याइएको हो ।

उनीहरूलाई कीर्तिपुरको बर्न अस्पताल मा उपचारका लागि ल्याइएको हो ।
आइतबार राति उर्लाबारीस्थित एउटा सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल देखिएको थियो।

राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरुङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूमध्ये १२ जनाको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।

त्यसमध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया