एनटीसी, एनसेल, भायानेट, वर्ल्डलिंक र सुबिसुमा बन्द भयो टिकटक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था एनटीसी, एनसेल, भायानेट, वल्र्डलिंक र सुबिसुले टिकटक एप प्रयोगमा प्रतिबन्द लगाएका छन् । अर्थात अब एनटीसी, एनसेल, भायानेट, वल्र्डलिंक र सुबिसुमा टिकटक एप नचल्ने भएको छ ।
सरकारले सोमबारमात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेलगत्तै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर टिकटक बन्द गर्न भनेको थियो । त्यही निर्देशन बमोजिम यी संस्थाले टिकटक एप नचल्ने बनाएका हुन् ।
तर, टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । यी बाहेकबाट नइन्टरनेट चलाउने प्रयोगकर्ताले टिकटक चलाइरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने आजै टिकटक पूर्णरूपमा बन्द भइसक्ने जानकारी दिए ।
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया