एनटीसी, एनसेल, भायानेट, वर्ल्डलिंक र सुबिसुमा बन्द भयो टिकटक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था एनटीसी, एनसेल, भायानेट, वल्र्डलिंक र सुबिसुले टिकटक एप प्रयोगमा प्रतिबन्द लगाएका छन् । अर्थात अब एनटीसी, एनसेल, भायानेट, वल्र्डलिंक र सुबिसुमा टिकटक एप नचल्ने भएको छ ।
सरकारले सोमबारमात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेलगत्तै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर टिकटक बन्द गर्न भनेको थियो । त्यही निर्देशन बमोजिम यी संस्थाले टिकटक एप नचल्ने बनाएका हुन् ।
तर, टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । यी बाहेकबाट नइन्टरनेट चलाउने प्रयोगकर्ताले टिकटक चलाइरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने आजै टिकटक पूर्णरूपमा बन्द भइसक्ने जानकारी दिए ।














युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया