शुक्रबार, माघ २३, २०८२

राष्ट्रपति पौडेलले लगाए बहिनीहरुबाट भाइटिका

मेरोन्यूज २०८० कार्तिक २९ गते ११:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाएका छन् ।

राष्ट्रपति पौडेलको स्वकीय सचिवालयका अनुसार बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका छन् ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया