युएई विरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबई स्थित अल-मक्टूम रंगशालामा हुने खेलमा लागि सुरुवाती ११ को नाम सार्वजनिक गरेका हुन् ।
नियमित रक्षक अनन्त तामाङको चोटका कारण भएको अनुपस्थितिमा छिरिङ लामाले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै छन् । उनले गत सिजनको ए डिभजन लिगमा जावलाखेल युथ क्लब बाट खेलेका थिए । रक्षापंक्तिमा रोहित चन्दले उनको साथ दिने छन् । यस्तै रक्षापंक्तिमा सनिस श्रेष्ठ र आशिष चौधरी रहने छन् ।
मिडफिल्डमा उत्सव राई, लाकेन लिम्बु र सेसेहाङ आङदेम्बे रहने छन्। सेसेहाङले नोभेम्बर २०२२ मा काठमाडौंमा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्।
यस्तै फरवार्ड लाइनमा मनिष डाँगी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट रहने छन्। अन्जनलाई आज नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउने मौका रहेको छ। उनले हरी खड्का र निराजन रायमाझी सँगै १३ गोल गरेका छन्।
नेपालले पहिलो चरणमा लाओस विरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो। नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमन विरुद्ध काठमाडौंमा खेल्ने छ।
नेपालको सुरुवाती ११
किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, आशिष चौधरी, लाकेन लिम्बु, उत्सव राई, सेसेहाङ आङदेम्बे,अनिश डाँगी, जिलेस्पी जंग कार्की, अन्जन विष्ट
















सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया