काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको छ ।
बिहिबार राती पौने १२ बजेतिर बा.प्र.०३–००१ नम्बरको बस सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुद्धवटलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।
बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया