सोमबार, माघ २६, २०८२

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

मेरोन्यूज २०८० मंसिर १ गते २०:१०

महेन्द्रनगर । एक जना फरार अभियुक्त तीस वर्षपछि पक्राउ परेका छन् । तीस वर्षदेखि फरार रहेका अभियुक्तलाई आज कञ्चनपुरको दोधारा चादँनीबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

प्रतिक्रिया