दूरसञ्चार प्राधिकरणले टिकटकलाई भन्यो- सरकारको निर्णय कार्यान्वयन गर्नू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई एक पत्र पठाउँदै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।
सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराउँदै निर्णय कार्यान्वययनमा सहयोग गर्न आग्रह गरेको छ ।
तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय लिनु आश्चर्यजनक भएको बताएको थियो ।
प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पनि पत्र पठाएको बताए । ‘हामीले प्रत्यूत्तर दिएको होइन्। टिकटकलाई पत्र लेखेका हौं,’ खनालले भने ।
उनले सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गर्दै पत्र लेखेको जानकारी दिए। ‘हामीले टिकटकलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छौं,’ उनले भने।
उनका अनुसार शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति समेत बनेको छ ।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया