प्युठानमा मृत भेटिए आमा-छोरा
मेरोन्यूज
२०८० मंसिर २ गते २०:४१

प्युठान । प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय २२ वर्षीया रीमा बुढामगर र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर मृत भेटिएका हुन् । आमाको शब शुक्रबार र छोराको शब शनिबार फेला परेको हो । उनीहरु ४ दिन देखि हराईरहेका थिए ।
घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।
उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया