सशस्त्र प्रहरी बलद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद
मेरोन्यूज
२०८० मंसिर ३ गते १८:२९

रौतहट । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ।
इन्टेलिजेन्स ब्यूरोले रौतहटस्थित यमुनामाइ नगरपालिका-३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नालसमेत बरामद गरेको हो ।
सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो।
बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यु एस ए र एक नाल मेड इन इन्डिया लेखिएको छ। हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
क्षेत्रमा थप अप्रेशन जारी छ भने केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अवस्थामा रहेका छन्।
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया