मंगलबार, माघ २७, २०८२

टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा

मेरोन्यूज २०८० मंसिर ४ गते ११:३४

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ ।

अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

मन्त्रिपरिषद्‌को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारले उक्त निर्णय गरेसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुईंटेल, अधिवक्ता फर्सुराम पाण्डे, अधिवक्ता त्रिलोक चन्द, अधिवक्ता भद्रप्रसाद नेपाल, अधिवक्ता सुनिल रञ्जन सिंह लगायतका कानुनव्यवसायीले छुट्टाछुट्टै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया