मंगलबार, माघ २७, २०८२

ललितपुरको पुल्चोक क्षेत्रमा पनि निषेधाज्ञा जारी

मेरोन्यूज २०८० मंसिर ५ गते १७:२८

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार एक सूचना जारी गर्दै सो क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

‘‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ’’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया