शुक्रबार, वैशाख २५, २०८३

विश्वकप छनोट : यमनसँग नेपाल पराजित

मेरोन्यूज २०८० मंसिर ५ गते २१:०८

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । यमनले नेपाललाई २- ० गोल अन्तरले पराजित गरेको हो ।

Advertisement
NiccNicc

पहिलो हाफ बराबरीमा खेलेका नेपाल र यमनबीचको दोस्रो आफको ७२ औं मिनेटको खेलमा यमनले नेपाललाई एक गोल गदैं अग्रता बनाएको थियो ।
यमनका लागि जर्शी नम्बर ९ का खेलाडी ओमार अब्दुल अल दाहीले गोल गरेका थिए ।

त्यस्तै खेलको अन्तिम समयमा यमनका अर्का खेलाडी मोहम्मद अब्दुल्लाह अल-दाहीले अर्काे गोल गदै यमनलाई दोब्बर अग्रतामा लगेका थिए ।

दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।

प्रतिक्रिया