मंगलबार, माघ २७, २०८२

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग

मेरोन्यूज २०८० मंसिर ६ गते ७:०२

काठमाडौँ । वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त, गम्भीर बिरामी भएका श्रमिकहरुका छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।

सरकारले श्रमिकका छोराछोरी जुन वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएर घर फर्किएका छन् उनीहरुका छोराछोरी शिक्षाबाट वञ्चित नरहुन भनेर हरेक वर्ष यो छात्रवृत्ति दिँदै आईरहेको छ ।

बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ भित्र निवेदन दिन सूचना गरिएको छ।

उक्त छात्रवृत्ति लागि सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) पढ्ने १८ वर्षसम्मका बालबालिकाले माग गर्न सक्ने छन् ।

वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार रुपियाँ र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने बोर्डकाले जनाएको छ ।

प्रतिक्रिया