भरतपुरकी मेयर रेनु दाहालको बदनाम गरेको भन्दै रास्वपाका २ कार्यकर्ता पक्राउ
मेरोन्यूज
२०८० मंसिर ६ गते ११:०३

चितवन । भरतपुर महानगरका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन्। उनीहरु दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शर्माले मेयर दाहाल र पत्रकार सन्तोष देउजाको फोटो इडिट गरी सामाजिक सञ्जालमा फोटो अपलोड गरेका थिए भने उक्त फोटोलाई देवकोटाले शेयर गरेका थिए।
पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया