होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

पोखरा । पोखराको एक होटलमा अचेत भेटिएकी महिलाको मृत्यु भएको छ ।
पोखरा नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजे तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन् ।
२ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको बताएका छन्,उनले भने ‘घटना अलि शंकास्पद नै छ । हामीले अनुसन्धान गरिरहेका छौं ।
कास्की प्रहरीले विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाएको छ ।
उक्त घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया