सिंहदरवारमा सुरक्षा समितिको बैठक, भोलिको सुरक्षा रणनीतिबारे छलफल

काठमाडौं । मेडिकल ब्यापारी दुर्गा प्रसाईंले भोलि काठमाडौंमा देशैभरका मानिस उतारेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरोधी गतिविधि केन्द्रीत गर्न खोजेपछि उनको गतिविधिलाई सुरक्षा निकायले सुक्ष्म निगारानी सुरु गरेको छ ।
उनको काठमाडौं केन्द्रीत शक्ति प्रर्दशनकै दिन अर्काेतिर एमालेको उुवा र विद्यार्थी संगठनले पनि प्रसाई र सरकार दुवै लक्षित अर्काे प्रर्दशन गरेपछि भोलि काठमाडौंमा के हुने हो ? कसका कस्ता कार्यक्रम हुने हो भन्ने आशंका छ । त्यही विषयमा विश्लेषण गर्न र थप सुरक्षा रणनीति बनाउन सिंहदरवारमा सुरक्षा समितिको बैठक बसेको छ ।
अहिले साँझ सिंहदरवारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा रणनीतिका समग्र पक्षमा बारेमा छलफल भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको अध्यक्षतामा सुरक्षा सम्वन्ध समितिको बैठक बसेको थियो ।
बैठकमा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत ,शहरी विकास मन्त्री सिता गुरूङ, गृह सचिव दिनेश भट्टराई ,नेपाल प्रहरी महानिरिक्षक बसन्त कुबर ,सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, राष्टिय अनुसनधान विभागका प्रमुख हुतराज थापा ,गृह प्रवक्ता नारायण प्रसाद भट्टराई लगायतको सहभागिता रहेको बताइएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया