दुर्गा प्रसाईंले काठमाडौंमा के गर्लान् ? यस्तो छ कार्यक्रम तालिका
८ स्थानबाट जुलुश निकाल्ने, धार्मिक र राष्ट्रिय झण्डामात्रै प्रयोग गर्ने, र्यालीमा धर्मगुरुलाई अग्रभागमा राख्ने

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईंले भोलि काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेका छन् । राष्ट, राष्टियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नाममा प्रसाईले भोली बिहिबार काठमाडौंमा देशैभरबाट मानिसहरु उतारेर शक्ति प्रर्दशन गर्न लागेका छन् ।
उनले आफनो शिक्त प्रर्दशनलाई काठमाडौंको बल्खुमा भेलामा परिणत गर्ने र उदघाटन गर्ने गरि कार्यक्रम तय गरेका छन् ।
उपत्यकाका ८ स्थानबाट जुलुश र र्याली निकाल्ने, र्यालीमा राष्ट्रिय झण्डा धार्मिक झण्डा मात्रै प्रयोग गर्ने, र्यालीको अग्रस्थानमा धर्मगुरुहरु, ओमकार परिवार, नाथ लगायतलाई राख्ने र त्यसपछि अन्य सर्वसाधारण नागरिकलाई राख्ने गरी कार्यक्रमको कार्यतालिका बनाएका छन् ।
मेरोन्यूजलाई प्राप्त उनको कार्यक्रम तालिका अनुसार, बिहान १० : ३० बजेदेखि उनको र्याली सुरु हुनेछ ।
उपत्यकाका विभिन्न सात स्थानबाट उनले र्याली निकाल्ने गरि रुट तय गरेका छन् । जसअनुसार पहिलो र्याली भक्तपुर क्षेत्र र साँगा नाकाबाट छिर्ने सबैका लागि बनाइएको छ । यो रुटबाट निस्कने र्यालीपरीक्षा नियन्त्रण कार्यालयको अगाडीको खुल्ला चौरमा भेला भएर बिहान १० : ३० बजे गठठाघर, लोकन्थली, जडीबुटी, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, एकान्तकुना हुँदै बल्खुमा पुग्ने गरी बनाइएको छ ।
दोस्रो रुट महाराजगञ्ज गंगबु, बुढानिकलकण्ठ, टोखा, बालाजु र ककनी नाकाबाट छिर्नेहरुको टोली बनाइएको छ । यो टोली गोगबुमा जम्मा भएर त्यहाँबाट गल्कोपाखा, सोहखुटटेढल्कु, कालिमाटी हुँदै बल्खु पुग्ने गरि बनाइएको छ ।
तेस्रो रुट स्वयमबु, रामकोट, सितापाइला नाकाको बनाइएको छ । त्यो रुटका मानिसहरु स्वयम्भुमा जम्मा भएर कलंकी, रविभवन, कालिमाटी हुँदैब ल्खु पुग्ने गरि तय गरिएको दुर्गा प्रसाईको सचिवालयका एक् सदस्यले मेरोन्यूजलाई जानकारी दिए ।
चौथो रुट कलंकी, थानकोट, मच्छेगाँउ, नैकाप, ट्याडलाफाट हुँदै आउनेका लागि तय गरिएको छ । यो टोली कलंकी चोकमा जम्मा भएर स्वयम्भुको र्याली कलंकी चोकमा आएपछि समाहित हुने गरि बनाइएको छ।
पाँचौ रुट भने ललितपुर तिरका पाटन क्षेत्रका सबैका लागि बनाइएको छ । यो टोली जावलाखेलमा जम्मा भएर एकान्तकुना, नख्खु, दोबाटो, धोविघाट हुँदै बल्खु जाने गरि बनाइएको छ ।
छैटौ रुट सातदोबाटो, ग्वार्काे, इमाडोल, लुभु, गोदावरी र त्यस पायकका स्थानका लागि बनाइएको छ । यो टोली सातदोबाटोमा जम्मा भएर भक्तपुरबाट आउने र्यालीमा मिसिने गरि बनाइएको छ ।
सातौं रुट भने चावहिल, साँखु, बौद्ध, जोरपाटी कपन सुकेधाराबाट आउनेका लागि बनाइएको छ । यो चाबहिल चोकमा जम्मा भएर गौसला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, रत्नपार्क, सुन्धरा, त्रिपुरेश्वर, टेकु कालिमाटी हुँदै बल्खुमा पुग्ने गरि बनाइएको छ ।
आठौं टोली भने किर्तिपुर, दक्षिणकाली, चाल्नाखेल लगायतका क्षेत्रका लागि बनाइएको छ । यो टोली त्रिभूवन विश्वविद्यालय गेट अगाडी जम्मा भएर सिधै बल्खु जाने गरि बनाइएको छ ।

















विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया