ढुङ्गा खसेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ६ गते २०:४०

जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
कालकिोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताए ।
प्रहरीका अनुसार जङ्गलको माथिबाट अचानक खसेको ढुङ्गा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया