उर्लाबारी आगलागी : मृत्यु हुनेकाे संख्या ३ पुग्यो
मेरोन्यूज
२०८० मंसिर ७ गते १३:५५

काठमाडौं । लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका अर्का एक घाइतेको पनि मृत्यु भएको छ।
योसँगै उक्त आगलागी घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
प्रहरीका अनुसार मंगलबार विहान एक जनाको मृत्यु भएको थियो । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो ।
बुधबार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो ।
२६ कात्तिकमा स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।
सम्बन्धित
















बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया