सात जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
उदयपुर, त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रूकुम पश्चिम, चौरजहारी नगरपालिका–५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की सोही ठाउँस्थित सिञ्चाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया