अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

काठमाडौँ । हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् ।
काठमाडौँका विभिन्न स्थानमा केही व्यक्तिले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ ।
साथै उनको घरबाट रु ८९ लाख ६९ हजार नेपाली, अमेरिकी डलर सात हजार २६, ल्यापटप ३ थान, सिपियु छ थान, टेलर मेसिन एक थान, सिसिटिभि एनभिआर एक थान, मोबाइल आठ थान, राहदानी दुई थान, नागरिकता एक थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया