एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै
मेरोन्यूज
२०८० मंसिर ८ गते ७:५५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।
एनएसएलको उद्घाटन खेलमा गत सिजनको च्याम्पियन काठमाडौँ रेजर्स र नवप्रवेशी स्र्पोटिङ इलाम एफसी भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। खेलअघि मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
मनोरञ्जनात्मक प्रस्तुती भने साँझ ४ बजेपछि सुरु हुनेछ। एनएसएल मङ्सिर ८ देखि पुस २१ गतेसम्म चल्नेछ ।
यो पटक गत सिजनका ६ सहित ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन्।
यस फ्रेन्चाइज लिगको पहिलो संस्करण २०७८ सालमा भएको थियो, जति बेला कोरोना भाइरस संक्रमणको महामारी चलिरहेको थियो ।
दशरथ रंगशालामा भएको त्यस प्रतियोगिता दर्शकविना नै चलेको थियो ।
सम्बन्धित
















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया