मंगलबार, माघ २७, २०८२

तीनकुनेमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका समर्थक पक्राउ

मेरोन्यूज २०८० मंसिर ८ गते १२:२९

काठमाडौं । आन्दोलनका लागि तीनकुनेमा भेला भएका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ । सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी चौकी लगिएको छ । उनीहरुको नाम ठेगाना भने सार्वजनिक गरिएको छैन ।

आन्दोलन गर्न काठमाडौंको तीनकुनेमा जम्मा हुन लागेकालाई प्रहरीले धमाधम पक्राउ गरिरहेकाे छ ।

प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया