र्याफ्टिङ एन्ड क्यानोइङमा श्रेष्ठ

काठमाडौं । नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
यसअघि श्रेष्ठ करिब ३ वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । र्याफ्टिङमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ ९अहिले नेपाल बक्सिङ महासंघ० को नेतृत्वमा थिए । बक्सिङ संघमा श्रेष्ठ सदस्य, सह–महासचिव र महासचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारीमा थिए । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव हुन् ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहेका छन् । सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाए । रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ ।
















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया