विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छिन् ।
हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।
“हाम्रो देशमा लैङ्गिक समानता र महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणाम स्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्था गरिएपछि राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि हुनाको साथै महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
तथापि, समाजमा विद्यमान अन्धविश्वास, पछौटेपन र सचेतनाको अभावका कारण बालविवाह, बहुविवाह, दाइजो, तिलक तथा छाउपडी प्रथा, बोक्सीको आरोप जस्ता विभेदजन्य कुप्रथाहरू पूर्णरूपमा निर्मूल गर्न हामीले अझै नसकेका पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो ।
त्यसैगरी घरेलु हिंसा, यौन दुव्र्यवहार, एसिड आक्रमण, महिला बेचबिखन, बलात्कार र हत्या जस्ता महिलाविरुद्ध हुने हिंसाजन्य घटनासमेत दैनिकजसो घटिरहेको र प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूपसमेत प्रकट भइरहेका उनको भनाइ छ ।
“यस दिवसबाट लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सबैलाई थप उत्साहका साथ काम गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ को सफलताको कामना गर्दछु”, भण्डारीले भनिन् ।
















निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया