घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय त्रासमा

मन्थली (रामेछाप) । मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाको सिमानामा लामो समयदेखिका समस्याका रुपमा रहेको घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय सधै त्रासमा जिउनुपर्ने अवस्था सिर्जना भएको छ ।
पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका–४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन् । साथै लिखु तामाकोशी गाउँपालिका–३ र ४ बिजुलीकोटको केही भागमासमेत क्षति पुगेको छ ।
विसं २०११ देखि जान थालेको यस पहिरोका कारण कयौँ घरपरिवार विस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णरुपमा जोखिममा छन् । यसअघि पुनर्वास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । पहिरोको रोकथाम नगर्ने र यसैगरी हिउँद र बर्खामा पहिरो निरन्तर गइरहँदा गैराथोकका तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले सोमप्रसाद भट्टराईले बताए ।
भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण कैयौँ मानिसले ज्यानसमेत गुमाइसकेका छन् भने वन र खोलामा चराउन लगेको कैयौँ पशुचौपयासमेत रणजोर खोलामा बगेका छन् । यस ठाउँबाट विसं २०११ साउनमा पहिलो पटक पहिरो गएको भए पनि २०४०, २०५१ र २०६१ मा गएको पहिरोले विकराल रुप लिएको स्थानीयको भनाइ छ ।
पछिल्लो तीन वर्षयता पहिरोका कारण त्रास बढेको स्थानीय तीर्थराज श्रेष्ठको भनाइ छ । पहिरो एक्कासी बढेपछि आसपासका बस्तीका मानिस त्रसित भएका छन् । पानी परेको बेला राति जागै बसेर रात काट्ने अवस्था आएको स्थानीय गोमा भट्टराईले बताईन् । उनले भनिन् “पहिरो गएको बेलामा घर नै पूरै थर्किन्छ, जमिन भासिएकोजस्तो हुन्छ, पहिरोका कारण पूरै गाउँ त्रसित छन् ।”
पहिरोका कारण हजारौँ रोपनी खेतबारी बगाएर शिक्षकसमेत रहनुभएका स्थानीय सोमसप्रसाद भट्टराईको भनाइ छ । केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामका लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएपनि जाली एक वर्ष पनि नटिकेको उनले बताए । वातावरणीय प्रभाव मूल्याङ्कन गरी बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इञ्जिनियर डिल्ली अधिकारी बताए ।
घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई बर्सेनी बढ्दै जाँदा २७ मिटरदेखि तीन सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कूल क्षेत्रफल २११ दशमलव ७७ वर्ग किलोमिटरमध्ये घ्याप्चे पहिरोले २३ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसका कारण रामेछापको सदरमुकाम मन्थलीसमेत उच्च जोखिममा परेको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया