पहिलो पटक प्रदेश सम्मेलन गदैं कांग्रेस
मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलनको मिति तय, झन्डै ७ सय ५० जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । सरकारमा रहेको नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीको विद्यान अनुसार, प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक कांग्रेसले प्रदेश सम्मेलन गर्न लागेको हो ।
त्यसका लागि बसैभन्दा पहिले लुम्बिनी प्रदेशको प्रदेश सम्मेलनको मिति तय भएको छ । लुम्बिनीमा यही मंसिर १६ र १७ गते कांग्रेसले प्रदेश सम्मेलन गर्न लागेको हो ।
कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ । तर कांग्रेसको प्रदेश कार्यसमिति गठन भएपछि अहिलेसम्म प्रदेश सम्मेलन हुन सकेको थिएन । लुम्बिनीले प्रदेश सम्मेलन गरेर विधानको फलो गर्न लागेका हुन् ।
‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ कांग्रेसको विधानमा उल्लेख छ ।
प्रदेश सम्मेलनको पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गरि तय भएको छ । प्रदेश सम्मेलनमा पार्टीका उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।
प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।
लुम्बिनी प्रदेश सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनका लागि सम्मेलनको बन्द सत्रका लागि १२ वटै जिल्लाबाट निर्वाचित झन्डै ७ सय ५० जना प्रतिनिधि आउने छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् ।
त्यस्तै प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले वडा देखि प्रदेशसम्मको सम्मेलन गर्ने गरी बनाएको कार्यतालिका अनुसार लुम्बिनीले प्रदेश सम्मेलन गर्न लागेको हो । पार्टीले तय गरेको कार्यतालिका फलो गरेर प्रदेश अधिवेशन गर्नेमा कांग्रेसको लुम्बिनी प्रदेश पहिलो बन्न लागेको हो ।
















सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया