रामधुनीकी तत्कालीन उपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियारले सोमबार काठमाडौंस्थित विशेष अदालतमा ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
नगरपालिकाकी तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध मुद्दा दायर भएको छ ।
झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
उक्त रकम बिगो जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।
















बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया