मंगलबार, माघ २७, २०८२

भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरको सकुशल उद्दार

मेरोन्यूज २०८० मंसिर १२ गते २१:३२

काठमाडौं । भारतको उत्तर काशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्दार गरिएको छ । १७ औं दिनदेखि सुरुङमा फसेका उनीहरुको आज साँझ सकुशल उद्दार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार साँझ सबै मजदुरलाई सकुशल बाहिर निकालिएको छ । १२ नोभेम्बरमा सुरुङको एउटा भाग खसेपछि ४१ जना मजदुर सुरुङभित्रै थुनिएका थिए । उनीहरुका लागि स्टिल पाइपबाट खाना र पानी पुर्‍याइएको थियो ।

त्यसपछि ८०० एमएमको स्टिल पाइप राखेर मजदुरहरुको उद्दार गर्ने प्रयास भएको थियो । त्यसक्रममा करिव ४५ मिटरसम्म स्टिल पाइप राखेपछि अवरोध आएको थियो । समाचारमा जनाएअनुसार २४ नोभेम्बरमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो र मंगलबार सबैको उद्दार भयो ।

बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले भेट गरेका छन्।

उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया