इन्डोनेसिया भ्रमणमा ‘स्टिकर भिसा’ अनिवार्य

काठमाडौं । इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा ‘स्टिकर भिसा’ अनिवार्य गरेको छ ।
इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दुतावासले बताएको छ ।
दुतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ ।
ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मुल्याकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिषा अन एराईभलका लागि पहल भई राखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दुतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराए ।










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया