जाजरकोटमा चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर १४ गते १०:०२

जाजरकोट । जाजरकोटमा चिसोका कारण तीन वर्षीया बालिकाको मृत्य भएको छ ।
जिल्लाको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार चिसोका कारण रक्षालाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा मृत्यु भएको हो ।
गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेतले बताए।
सम्बन्धित
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया