रसिला तामाङ : इन्डोनेसियामा दौडेर एसिया ट्रेल मास्टर च्याम्पियन बनिन्
मेरोन्यूज
२०८० मंसिर १६ गते २१:०१

काठमाडौं । नेपालकी एक धावकले इन्डोनेसियामा दौडेर एसिया ट्रेल मास्टर च्याम्पियन बनेकी छिन् । यसरी च्याम्पियन बन्ने नेपाली धावक हुन् रसिला तामाङ । उनी हङकङस्थित टी–८ कम्पनीको प्रायोजनमा इन्डोनेसिया पुगेकी थिइन् ।
आज (शनिबार) स्थानीय समय बिहान ६ बजे इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेकिपान तावाङमाङुबाट सुरु भएको प्रमुख उपाधिको दौडअन्तर्तग रसिलाले निर्धारित दूरी ७७ किलोमिटर १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरी विजयी भएकी हुन्।
त्यसैगरी बेल्जियमकी भन्ज नोप्सले १२ घण्टा ३२ मिनेट १६ सेकेन्डमा पूरा गरी दोस्रो र फिलिपिन्सकी एन्जेली काबालोले सो दूरी १४ घन्टा ३ सेकेन्ड ३७ सेकेन्डमा पूरा गरी तेस्रो स्थान बनाएकी थिइन् ।
सन् २०१४ देखि सञ्चालन भइरहेको यो प्रतियोगितामा रसिला पहिलो नेपाली विजेता हुन्।
इन्डोनेसियाबाट रसिला सोमबार नेपाल फर्कंदैछिन्।
सम्बन्धित
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया