केरा खाने हैन ? बरफल्याङ आउनूस्

अर्जुनधारा । कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिएका छन् ।
निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उनले तीन बिगाहमा केरा खेती गर्दै आएका छन् । गजमेर जस्तै इलामको रोङ–२ का अधिकांश कृषिको मुख्य आयस्रोतका रुपमा केरा खेती रहेको छ ।
कुनै समय के खाऊँ के लाऊँ भन्ने पीरमा बाँच्ने रोङ–२ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन् । २०४५ सालतिर चाडपर्वमा खानका लागि रोपिएको केरा अहिले उनीहरुको गर्जो टार्ने गतिलो माध्यम बनेको छ । केही वर्षअघिसम्म सिँचाइ अभावमा जमिन बाँझै राख्ने इलामको रोङ–२ का स्थानीयको बारी अहिले कतै खाली छैन । स्थानीय किसान टङ्क अधिकारीले भने, “२०४५ सालतिर बारीको डिलमा रोप्ने गरेको थियो । पछि राम्रो भएपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थालिएको हो ।”
सुपारी र केरा बहुतल्ले खेतीका रुपमा रोप्ने गरेको अधिकारीले बताए । केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यावसायिक रुपमै गर्न थालेका हुन् । हाल रोङ–२ को बरफ्ल्याङ, दूधे, बगैँचा, धनसार क्षेत्रका बासिन्दाले व्यावसायिक रुपमा केरा खेती गरिरहेका वडाध्यक्ष टेकबहादुर तामाङले बताए । किसानले स्थानीय जातका लाल, भण्डारी, घीउ केरा र उन्नत जातको सिङ्गापुरिया केरा लगाएको किसान अधिकारी बताए । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेतीसमेत गर्न सकिने भएपछि सबै बारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालले बताए ।
किन्नका लागि व्यापारी घरघरमा आउने गरेकाले बजारको कुनै समस्या नभएको किसान मनोज दाहालले बताए । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् । व्यापारीले प्रतिघरी रु एक सयदेखि तीन सय ५०सम्ममा किन्ने गरेको किसान नथुनीदास चौधरीले बताए । चौधरीले भने, “लगभग तीन बिगाहामा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ । केरामा अरू ठूलो रोग नदेखिए पनि गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने गरेको किसान कर्ण खड्काले बताए ।
प्रशस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसका रुपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट ५० भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताए । केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटीलगायत चारदर्जन बढी परिकार बनाउन सकिने स्थानीय कृषकले बताएका छन् ।
विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका–२ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ तीन सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम तीन रोपनीदेखि तीन बिगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकट्ठा वार्षिक रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्रीसमेत गर्न थालेका छन् । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।
















साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया