आत्महत्या नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुुपर्ने बताएका छन् ।
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रामेछापको मन्थलीमा आयोजना गरेको आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनु भएको हो । उनले स्थानीय तहले आत्महत्या रोकथामका लागि आगामी बजेटमा निश्चित प्रतिशत बजेट बिनियोजन गरि ठोस कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले शैक्षिक संस्था, अस्पताल र स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त मनोपरामर्शदाता राख्नु पर्ने र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक बजेट बिनियोजन गर्ने बताए ।
उनले आत्महत्या रोकथामका लागि राज्यका तीनवटै सरकारको संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायकहरू, घर परिवारका सदस्यहरु, आफन्तजन, साथीसङ्गी सबै पक्षसँग समन्वय, सहकार्य गरेर एकीकृत र केन्द्रीकृत रूपमा काम गर्नु पर्ने कुरामा जोड दिए । जीवनलाई प्रेम गर्न र परिवर्तन गर्न सिकाउने उद्देश्यले मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको कुरा पनि उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले विश्वमा वर्षमा ८ लाख र नेपालमा झन्डै ७ हजार अर्थात् दिनमा २० जना व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उल्लेख गरे । सडक दुर्घटना, वायु प्रदुषणबाट भन्दा बढी आत्महत्याबाट ज्यान गइरहेको भन्दै उनले नेपालमा आत्महत्याको समस्या दिनानुदिन भयावह रूपमा बढ्दै गएको बताए।
मन्त्री श्रेष्ठले आत्महत्या रोकथाम र नियन्त्रणमा तीनै तहको सरकारले गम्भीर योजना बनाउन र कार्यान्वयन गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गरे ।
















सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया