विराटनगर आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो
मेरोन्यूज
२०८० मंसिर २० गते १७:१७

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आज दिउँसो आगलागी भएकाे थियाे ।
आगलागीमा परी पाँच जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।
घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर छ ।
गोदाममा आज दिउँसो एक्कासी आगलागी भएको थियो । आगलागीको कारण पनि खुलिसकेको छैन ।
सम्बन्धित
















मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया