सरकार पूरै असफल भइसक्यो, गठबन्धनलाई अझै लज्जाबोध छैन : ओली

बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भइसकेको जिकिर गरेका छन् । गठबन्धनलाई पूरै असफलता भोग्दा पनि लज्जाबोध नभएको भन्दै ओलीले सरकारले देशलाई बन्धक बनाएको आरोप लगाए ।
पार्टी केन्द्रीय समितिको आयोजनामा तय गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले सरकार र गठबन्धनप्रति त्यस्तो आरोप लगाएका हुन् ।
‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, ओलीले भने, ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ ।’,
देशको अहिलेको अवस्थालाई एमाले बाहेक अन्य राजनीतिक दलले उद्धार गर्न नसक्ने ओलीको भनाई थियो । उनले सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्दै देशको स्वाधीनता पनि कमजोर बनाएको थप आरोप पनि लगाए ।
अहिलेको सरकार देशको भूमिबारे बोल्न नसक्ने अवस्थामा रहेको पनि ओलीको आरोप थियो । अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रसहित अघि बढाउन आवश्यक रहेको उनले बताए। ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, ओलीले भने ।
चटकेहरुले अनेक चटक गर्न सक्ने भन्दै उनले त्यसको भर नपर्न आग्रह गरे। एमाले गलत ढङ्गले होइन सही हिसाबले राजनीति र देशको विकास, समृद्धिका काममा लाग्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उनले बताए।
झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको छ। एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतलाई बागलुङमा स्वागत गरिएको छ।
















साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया